site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किन सार्वजनिक भएन अखिल क्रान्तिकारीको उमेरहदको मत परिणाम ?
फाइल तस्बिर ।

काठमाडौं । बत्तिस वर्षको उमेरहद लगाउने कि नलगाउने भनेर नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा भएको मतदान विवादित बनेको छ ।

शनिबार डडेलधुरा बाहेकका जिल्लामा मतदान भएको थियो । त्यसको नतिजा सार्वजनिक हुन सकेको छैन । 

उमेरहद लगाउनुपर्ने पक्षमा नतिजा आउने भएपछि उमेरहदको विपक्षमा रहेकाले असन्तुष्टि जनाउँदै मतपरिणाम अस्वीकार गर्ने जनाएका छन् । 

गुल्मी, दाङलगायत जिल्लामा उजुरी परेको छ । केही जिल्लामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीको पनि मत खसेको विषयमा पनि विवाद भएको छ ।

स्रोतका अनुसार, उमेरहद लगाउनुपर्ने पक्षमा मत बढी आएको छ । कोसी प्रदेशबाट अत्यधिक मत उमेरहदको पक्ष र लुम्बिनीबाट विपक्ष मत आएको छ । गण्डकीमा उमेरहदकै पक्षमा मत बढी आएको छ । अन्य प्रदेशबाट भने मिश्रित नतिजा आएको स्रोतले जनाएको छ । 

“उमेरहदको पक्षमा नतिजा आउने भएपछि उमेरहद लगाउन हुँदैन भन्नेहरूले कतिपय ठाउँमा फेक मतदान भयो भनेर किचलो गर्नुभएको छ,” एक विद्यार्थी नेताको दाबी छ ।

विद्यार्थीहरूले परिणाम छिटो सार्वजनिक गर्न आग्रह गरेका छन् । कानुन विभाग प्रमुख विराज थापाले मत परिणाम छिटो सार्वजनिक नर्गदा अन्योल पैदा भएको बताए ।

“नतिजा सार्वजनिक नगर्दा अन्योल छाएको छ । मतदानमा जे परिणाम आएको छ, त्यो छिट्टै सार्वजनिक हुनुपर्छ,” उनी भन्छन् ।

अखिल क्रान्तिकारीको अधिवेशन नै उमेरहदको विषयमा विवादित भएपछि स्थगित भएको थियो । पार्टी नेतृत्वले विद्यार्थीको विषय उनीहरूले नै टुंग्याउने भन्दै उमेरहदको फैसला गर्न भनेको थियो । तर, विवाद भएपछि विषय नेतृत्वमा नै पुगेको छ । 

मुक्ति प्रधान प्रमुख रहेको निर्वाचन समिति पार्टी अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'सँग परामर्शका लागि पेरिसडाँडा पुगेको छ ।

प्रधानले केही जिल्लाबाट नतिजाको कागजपत्र आउन ढिलाइ भएकाले परिणाम सार्वजनिक नभएको बताए । “केही जिल्लाबाट मत परिणामको कागजपत्र आइपुगेको छैन । आएपछि सार्वजनिक हुनेछ,” प्रधान भन्छन् ।‍

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro