site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीएनएन सूचीमा परेकी पूर्णिमा भन्छिन्– सगरमाथा चढ्दा लागेको ऋण तिर्दै छु
तस्बिर : गेट्टी इमेज

काठमाडौं । अमेरिकाको समाचार संस्था सीएनएनले नेपाली पत्रकार तथा सगरमाथा आरोही पूर्णिमा श्रेष्ठलाई सन् २०२४ को एथलिट सूचीमा समावेश गरेको छ । सिएनएनले श्रेष्ठलाई १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरेको भन्दै एथलिट सूचीमा राखेको हो । 

पहिलोपटक सन् २०१८ मा सगरमाथा आरोहण गरेकी पूर्णिमाले त्यसअघि धवलागिरी र पाकिस्तानको के टु हिमाल पनि आरोहण गरिसकेकी छिन् । सगरमाथा आरोहणको कीर्तिमान राखेकै कारण सीएनएनको सूचीमा परेकी पूर्णिमा भने आरोहण गर्दा लागेको खर्च अझै तिरिरहेको बताउँछिन् । 

Dabur Nepal
NIC Asia

उनी भन्छिन्, “सगरमाथा आरोहण गर्दा लागेको ऋण अझै सबै तिर्नसकेकी छैन । अझै ऋण चुक्ता गर्दै छु ।” यद्यपि सीएनएनको सूचीमा पर्दा भने खुसी भएको उनले सुनाइन् ।

८ हजार मिटर अग्ला संसारका १४ वटा हिमाल आरोहण गर्ने सपना भए पनि आर्थिक अभावका कारण सपना पूरा नहुने हो कि भनेर चिन्ता गर्छिन्, श्रेष्ठ । उनले बाह्रखरीसँग भनिन्, “८ हजार मिटर अग्ला १४ वटा हिमाल चढ्ने सपना त छ, तर, हिमाल चढ्न टन्नै पैसा चाहिन्छ ।” 

उनका अनुसार एकपटक सगरमाथा आरोहण गर्न न्यूनतम २० लाख रुपैयाँ खर्च हुन्छ । हिमाल आरोहणको खर्च जोहो भएमा सन् २०२५ मा नांगा पर्वत आरोहण गर्ने योजना रहेको उनले सुनाइन् । “स्पोन्सर मिलेमा म यसपटक नांगा पर्वत आरोहण गर्न जाऊँ कि भन्ने सोच छ,” उनले भनिन् । 

पाकिस्तानमा अवस्थित ८ हजार १ सय २६ मिटर अग्लो नांगा पर्वत विश्वको नवौँ अग्लो हिमाल हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro