site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार : परराष्ट्रमन्त्री
फाइल तस्बिर ।

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्वका निम्ति दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरिएको बताएकी छन् ।

शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले मुलुकको विकासका निम्ति आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताइन् ।

उनले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रूपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित गरेको समेत बताइन् । आर्थिक तथा सामाजिक विकासका निम्ति देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको उनले उल्लेख गरिन् ।

उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिताजगत्को ठूलो योगदान रहेको बताइन् । नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उनले सुनाइन् ।

“हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ । मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ । यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ,” उनले भनिन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro