site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन गरिन्छ : सञ्चारमन्त्री 

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख राजनीतिक दलहरूसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । कास्कीको माछापुछ्रे गाउँपालिका–१, टुसेमा निर्मित नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । संशोधनका निम्ति संविधानको समीक्षा गरिने उनको भनाइ छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले भने, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुंगो लगाउने सरकारको योजना छ ।”

प्रदेश र स्थानीय तहका निम्ति आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको उनले जानकारी दिए । उनले ज्येष्ठ नागरिकका निम्ति सेवा केन्द्र स्थापना हुनु सकारात्मक भएको बताए । केन्द्र सञ्चालनका निम्ति सरकारका तर्फबाट सहयोग हुने  उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने, “ज्येष्ठ नागरिकको हकहित र अधिकार संरक्षण गर्न  सरकार प्रतिबद्ध छ ।”

त्यस अवसरमा स्वीट्जरल्यान्डका एहमान स्टिफटङको पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित दिवा सेवा केन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माणका निम्ति स्थानीय कर्णबहादुर गुरुङले आफ्ना स्व. आमा नाना र बुवा मोहनको स्मृतिमा चार रोपनी जग्गा प्रदान गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro