site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेह्र दिनमा पश्चिम नेपालमा सातवटा भूकम्पको परकम्प

काठमाडौं । यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सातवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । 

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर तीन दशमलव सात म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेनामै चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर चार दशमलव सात म्याग्निच्युडको भूकम्प गयो ।

पुस ६ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्युडको भूकम्प जाँदा पुस ९ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रविन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रविन्दु बनाएर चार दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको विभागले जनाएको छ । 

विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर तीन दशमलव सात म्याग्निच्युडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव चार म्याग्निच्युुडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको जानकारको भनाइ छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro