site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी विश्वविद्यालयको चेतावनी : ट्रम्पले शपथ लिनुअगाडि नै कलेजमा हाजिर हुनू

काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरूले विदेशी विद्यार्थीलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअगाडि नै कलेजमा हाजिर हुन भनेका छन् ।

यतिखेर अमेरिकाका धेरैजसो विश्वविद्यालयमा जाडो बिदा छ । जाडो बिदामा घर गएका विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयले २० जनवरीअगाडि नै अमेरिका आउन भनेका छन् । अमेरिकामा १.१ मिलियनभन्दा बढी विदेशी विद्यार्थीले सन् २०२३–२४ शैक्षिक वर्षमा भर्ना लिएका छन् ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा राष्ट्रपतिको शपथ लिनेछन् । ट्रम्पले अमेरिकी अध्यागमन नियम कडा बनाउने आशंका गरिएको छ ।  ट्रम्पले मुस्लिम देश र अमेरिका विरोधी देशका मान्छेलाई अमेरिका छिर्न नदिने नीति लिने अनुमान गरिएको छ ।

न्युयोर्क विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेका भारतका २३ वर्षीय विद्यार्थी प्रमथप्रताप मिश्राले भन्छन्, “यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि डरलाग्दो समय हो ।”

ट्रम्पले शपथ लिएपछि विदेशी विद्यार्थीको यात्रामा प्रतिबन्ध लगाउने सम्भावना छ भन्दै अमेरिकाको कर्नेल विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई बताएको छ । यति मात्र होइन, यस्तो प्रतिबन्धले पढाइ समेत ढिला हुनसक्ने उनले बताए ।

दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयले पनि विदेशी विद्यार्थीहरूलाई इमेल पठाउँदै ट्रम्पको शपथ ग्रहणभन्दा एक हप्ताअगावै अमेरिका फिर्त हुन भनेको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कीर्गिजस्तान, नाइजेरिया, म्यानमार, सुडान, तान्जानिया, इरान, लिबिया, उत्तर कोरिया, सिरिया, भेनेजुएला, यमन र सोमालियामाथि प्रतिबन्ध लगाएका थिए । तर, यसपटक ट्रम्पले यो सूचीमा चीन र भारत पनि समेटने सम्भावना रहेको विश्वविद्यालयले बताएको छ । चुनावी अभियानका क्रममा ट्रम्पले इरान, लिबिया, इराक, सुडान, सोमालिया, सिरिया र यमनका मानिसको अमेरिका आवागमन कडाइ गर्ने र अघिल्लो कार्यकालमा आफूले लगाएको यात्रा प्रतिबन्धलाई फेरि सुरु गर्ने बताएका थिए । ट्रम्पले प्रतिबन्धित गरेको देशहरूलाई जो बाइडेनले सन् २०२१ मा पदभार ग्रहण गरेपछि प्रतिबन्ध फुकुवा गरेका थिए ।

सन् २०२३ को अक्टोबरमा इजरायल–हमास युद्ध भयो । त्यो युद्धको विरोधमा अमेरिकामा विदेशी विद्यार्थीले विरोध प्रदर्शन गरे । त्यतिखेर ट्रम्पले अमेरिकाविरोधी प्रदर्शन गर्ने विदेशी विद्यार्थीलाई निकाला गर्ने चेतावनी दिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro