site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसँग छलफल गर्ने कांग्रेस–एमाले कार्यदलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त कार्यदलले संघीय संसद्को संसदीय समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्‌मा विचाराधीन विधेयकका सन्दर्भमा गठित दुई दलीय कार्यदलको पहिलो बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन रहेका विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गराउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

अन्य दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्ने जिम्मेवारी कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई दिइएको कांग्रेस सांसद जीवन परियारले जानकारी दिए । बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई अघि बढाउने विषयमा आ–आफ्ना दलका सांसदहरूसँग पुस १७ गतेभित्र छलफल गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई समयसीमाभित्रै पारित गरी संघीय संसद्‌मा पेस गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै संयुक्त संसद्को नियमावलीका विषयमा अन्य दलसँग परामर्श गर्ने निर्णय गरिएको परियारले जानकारी दिए ।

समितिमा लामो समयसम्म विधेयक रहने कुरा उचित नभएकाले समयसीमाभित्रै अघि बढाउन नियवमालीमा रहेको व्यवस्थाका बारेमा अन्य दलसँग छलफल गरिने उनले बताए । कार्यदलको अर्को बैठक पुस १८ गते बस्ने बताइएको छ । पस ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  दुई दलीय संयन्त्रले संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro