site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अदालतमा रविको इन्कारी बयान– सहकारीको एक रुपैयाँ खाएको छैन, जीबी नै संलग्न थिए
Tiktok banner adTiktok banner ad

पोखरा । गत सोमबारदेखि जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा बयान लिने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित रामबहादुर खनाल, कृष्णप्रसाद गुरुङ, लिला पछाई र मंगलबारमात्र कास्की प्रहरीले पक्राउ गरेपछि हिरासतमा रहेकी गण्डकीकी पूर्वसांसद मिना गुरुङको बयान लिने क्रम जारी छ ।

सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दामा गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो । सोही पत्रको आधारमा प्रतिवादीहरूमाथि सोमबारदेखि अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयानले निरन्तरता पाएको छ ।

सोमबार र मंगलबारमा जोशीको बयान सकियो भने मंगलबार नै पछाईको बयान सुरु भएको थियो । बुधबारको सार्वजनिक बिदापछि बिहिबार पछाईको बयान सकिएपछि 0लामिछानेको बयान सुरु भएको छ । उनले आफू कुनै पनि कसुरमा संलग्न नभएको इन्कारी बयान दिएका छन् ।

न्यायाधीश राईले लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा दायर उनीविरुद्धको कसुरमा केन्द्रित रहेर प्रश्न गरे ।

तर, लामिछाने भने पूर्ववत् जवाफमा नै अडिग रहे । एक अधिवक्ताका अनुसार, लामिछानेले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताएका थिए ।

उनका अनुसार, लामिछानेले सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा उल्लेखित अनुरूपकै बयान दिएका हुन् ।

लामिछानेविरुद्ध मुद्दा दर्ता हुँदा दायर अभियोगपत्रमा उनले आफूले हस्ताक्षर गरेको चेकको दुरुपयोग भएको बताएका थिए । अदालतमा पनि उनले सोही प्रकृतिको बयान दिएका हुन् ।

उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बताए । सहकारीबाट गैरकानुनीरूपमा ऋण लिएको भन्ने प्रश्नलाई पनि उनले इन्कार गरे ।

गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताए । रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको दोहोर्‍याए । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा झन्डै २८ करोड बिगो कायम गरिएको छ । बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोगपत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी बिगो भराउन माग गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro