site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'कानुन सबैका लागि बराबर हो, सहकारी प्रकरणमा स्वतन्त्ररूपमा अघि बढेका छौँ'
Tiktok banner adTiktok banner ad

चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरूपमा स्वतन्त्ररूपमा अघि बढेको बताए ।

“कानुन सबैका लागि समान हो । कानुनअनुरूप हुनुपर्ने हुन्छ,” उनले भने । 

उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्‌मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए । उनले भने, “संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्‌मा रहेका सबै दलसँगको परामर्शमा दुईतिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।”

अहिलेको सरकारले अघिल्ला सरकारहरूले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री  सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उनले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।

फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले भने, “निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro