site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआई शिक्षासम्बन्धी कार्यक्रम १२ गतेदेखि प्रिमियर स्कुलमा

काठमाडौं । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी)ले बुधबार एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ । यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ ।

कार्यक्रमको पाँचौँ संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनमा केन्द्रित छ । संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै सबैभन्दा ठूलो र सबैभन्दा पृथक मञ्च रहेको आयोजकको दाबी छ ।

एआई आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्ने नामीले जनाएको छ । कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आयोजना हुँदै छ ।

यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन् ।

‘सानो ठाउँबाट ठूला परिवर्तन आउन सक्छ’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।

विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्रमा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् । नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट अन्तराष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर हो ।

“नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा, यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्‍याउनेछ,” खनालले भने ।  

यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेसनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ । साथै, योङ इनोभेसन्स, सेक्युरिटिपल, गुगल र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro