काठमाडौं । आईएमएस सफ्टवेयर प्रा.लि र हिमालयन बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।
सम्झौतामा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीद्वारा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, आईएमएस सफ्टवेयरले हिमालयन बैंकको प्वाइन्ट अफ सेल उपकरणहरूमा अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्नेछ ।
यस प्रविधिको मुख्य विशेषता भनेको व्यापारीहरूले म्यानुअल रूपमा रकम प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनु रहेको कम्पनीको भनाइ छ । लेनदेन प्रक्रियालाई सजिलो बनाउनुका साथै सम्भावित त्रुटिहरूलाई कम गर्नेछ ।