site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्प सुरक्षा दिवसको मूल नारा-  ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ 

काठमाडौं ।  यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाइने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज मंगलबार बसेको मूल समारोह समितिको बैठकले २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको हो । 

आजको बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ ।  बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रूपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रम आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थालाई आग्रह गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उपस्थित थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro