site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ककनी गाउँपालिका–७, चतुरालेका २९ वर्षीय सन्तराम तामाङ छन् ।

२६ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यही पुस ३ गते सन्तरामले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्