site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको रेस्टुरेन्टमा विद्यार्थीको हत्या, कर्मचारी पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरमा एक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या गरिएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा सोमबार (हिजो) राति सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या गरिएको हो । उनी ललितपुरकै सातदोबाटोमा बस्दै आएका थिए ।

उनी च्यासलकै हिमालय इन्जिनियरिङ कलेजको बीई चौथो सेमेस्टरको विद्यार्थी भएको खुलेको छ । ग्राहकका रूपमा उनी रेस्टुरेन्ट पुगेका थिए । चक्कु प्रहार गरी उनको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

गुरुङको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेस्टुरेन्टका कर्मचारीत्रय डडेलधुराका हेमराज भट्ट, काभ्रेका जनकबहादुर लामा र दार्चुलाका पदमराज भट्ट छन् ।

सोमबार राति नै उनीहरूलाई पक्राउ गरिएका ललितपुरका एसपी नवरत्न पौडेलले बाह्रखरीलाई जानकारी दिए । रेस्टुरेन्टमा विवाद हुँदा कमचारी भट्टले चक्कु प्रहार गरेको खुलेको उनले बताए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro