site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटै प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा के हुन्छ ? 

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

काठमाडौंमा वर्षाको सम्भावना रहे पनि निकै न्यून रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् । “काठमाडौंमा आज वर्षाको सम्भावना निकै न्यून छ । वर्षा भए पनि साँझपख मात्रै हुनेछ,” मौसमविद् लामिछानेले बाह्रखरीसँग भने, “छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।” 

day-1735001629.png
 

मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा हिमपातको सम्भावना छ । वर्षा सँगै हिमपातको सम्भावना रहेको हो । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना छ ।

वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ । 

“काठमाडौंमा आज दिउँसो चिसो महसुस हुनेछ । रातिबाट मौसम खुल्दै जानेछ,” उनले भने, “मौसम सफा भएपछि चिसो भने केही बढ्नेछ ।” दिउँसो न्यानो भए पनि बिहान र बेलुका चिसो बढ्ने उनको भनाइ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro