site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी केपी सरकारको निर्णय : जन्म र विवाह प्रमाणपत्रका निम्ति पोलियो खोप अनिवार्य

पाकिस्तान । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (केपी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्र प्राप्त गर्नका निम्ति पोलियो खोप अनिवार्य गरेको छ । यो उपाय पोलियो उन्मूलन गर्न प्रान्तको निरन्तर प्रयासलाई बलियो बनाउनको लागि हो ।

यस निर्देशनअन्तर्गत आफ्ना बालबालिकालाई पोलियो थोपा खुवाउन अस्वीकार गर्ने परिवारहरूलाई यी आवश्यक कागजातको पहुँचबाट वञ्चित गरिनेछ ।

मुख्यतया पेसावर र गाउँ काउन्सिल वरपरका क्षेत्रमा ध्यान केन्द्रित गर्दै, नीतिले व्यापक खोप सुनिश्चित गर्ने र कमजोर समुदायमा पोलियो प्रसारणको जोखिम कम गर्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य विभागका एक प्रवक्ताले भने, “उक्त निर्णयले प्रत्येक बालबालिकालाई खोप लगाउने सुनिश्चित गर्ने र भविष्यका पुस्तालाई पोलियोबाट जोगाउन आवश्यक सबै कदम चालिरहेका छौँ ।”

पोलियो उन्मूलन पाकिस्तानमा निरन्तर चुनौती भएको छ । व्यापक अभियानका बाबजुद पनि केही परिवारहरू विभिन्न कारण देखाउँदै आफ्ना बालबालिकालाई खोप लगाउन हिच्किचाउँछन् ।

सरकारले यस नीतिलाई यस्तो प्रतिरोधलाई हटाउन र खोपको कभरेज सुधार गर्न महत्त्वपूर्ण कदमको रूपमा हेर्छ । यस पहललाई स्थानीय र अन्तर्राष्ट्रिय रूपमा स्वास्थ्य संस्थाहरूले नजिकबाट निगरानी गरिरहेको छ । 

महत्वपूर्ण कागजात जारी गर्ने कार्यलाई खोप अनुपालनसँग जोडेर, केपी सरकारले प्रदेशलाई पोलियोमुक्त बनाउने अभियानलाई तीव्रता दिने लक्ष्य राखेको छ । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro