site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । 

 सो सेवाअन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । 

“गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ”, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, “नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।”

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro