देश
काठमाडौं । यो वर्षको ज्यापु रत्न पुरस्कार स्वास्थ्य सेवा व्यवसायी प्रा. डा. अञ्जना डंगोल सिंहलाई प्रदान गरिएको छ । २१औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उक्त पुरस्कार प्रदान गरे ।
विभिन्न कार्यक्रमको आयोजना गरेर आज ज्यापु दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौं उपत्यकाका ज्यापु समुदायले र्याली पनि निकाले ।
योमरी पूर्णिमाको दिन ज्यापु समुदायले यो दिवस मनाउने गर्छन् । नेपालभाषामा ‘ज्या’को अर्थ काम र ‘पू’ अर्थ बीउ हो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १५:१०
प्रतिक्रिया दिनुहोस्