site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कम्बोडिया–भैरहवा सिधा उडान गर्न प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार एवं बिदाइ भेटका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सरकारले दिएको सहुलियतबारे समेत जानकारी गराए । दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने उनले बताए ।

पर्यटन प्रवर्द्धनका निम्ति दुवै देशका बीचमा कला, संगीत र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव, कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा उनीहरूबीच छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जानकारी गराएको छ ।

यस्तै, दुवै देशका विश्वसम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro