site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेट्रोल छर्किएर घाइते भएकी आचार्यको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोकमा बस्दै आएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिबार शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई प्रहरीले शनिबारै उद्धार गरेको थियो ।

Dabur Nepal
NIC Asia

बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनारनजिकको खाली जग्गामा उनले आफूमाथि आगो लगाएकी थिइन् ।

जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेको थियो । त्यसमा उनले आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरेकी छन् । सुसाइड नोटमा उनले आफूले श्रीमान्‌को केयर समेत गर्न नसकेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro