site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीपीसीको दृष्टान्त दिँदै ओलीले भने– एमालेले जसरी विकास गर्नुपर्थ्यो त्यसरी सकेन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को दृष्टान्त दिँदै पार्टीले आफूलाई विकास गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा उनले चीन आर्थिक रूपमा महाशक्तिको हिसाबले अघि बढेको बताए । चीनले विकास, प्रविधिमा श्रेष्ठता हासिल गरेको उनले उल्लेख गरे ।

ओलीले चीनमा पार्टीका पक्षमा बोल्ने प्रवृत्ति रहेको बताए । “पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण, हमलालाई कसरी पराजित गर्ने ? त्यसका निम्ति तरिका अवलम्बन गर्ने, अनुशासित ढंगले एकताबद्ध भएर चल्ने,” उनले भने ।

Dabur Nepal
NIC Asia

नेपालको जनसंख्याको तीन गुणा बढी पार्टी सदस्य त्यहाँ नेतृत्वको वरिपरि गोलबन्द रहेको उनले सुनाए । “एकजनाको वरिपरि फरक ओपनिएन आउँदैन । नेतृत्वको वरिपरि गोलबन्द छ । आफूलाई जे लाग्यो त्यही सही भनेर कुद्यो भने त्यसले पार्टीलाई एकताबाट प्रश्न उठाउँछ,” ओलीले भने ।

चीनले आफ्नै ढाँचाको समाजवादी प्रणाली स्थापना र विकास गरेको उनको भनाइ छ ।

अरू देशले स्थिरता र स्थायित्व दिएर अघि बढे पनि पार्टीले गर्नुपर्ने मात्रामा विकास गर्न नसकेको उनले उल्लेख गरे । “अरू पनि देश छन्, स्थिरिता, स्थायित्व कायम गरेर तीव्र आर्थिक विकास गरेका छन् । यस्तै उद्देश्यका लागि हाम्रो पार्टी पनि स्थापना भयो । हाम्रो पार्टीले जसरी विकास गर्नुपर्थ्यो त्यसरी गर्न सकेन,” ओलीले भने, “वैचारिक स्पष्टता जस्तो हुनुपर्थ्यो र त्यस स्पष्टतामा एकता जस्तो हुनुपर्थ्यो, त्यो भएन ।”

ओलीले तुलनात्मक रूपमा पुष्पलालले सही विचार लिएको बताए । केहीले भने भोटो फटाए पनि नेतृत्व दिन नसकेको उनको भनाइ थियो ।

“कोही विचारहीन अकडा कुरा गरेर बस्ने, भोटोचाहिँ फटाउने तर नेतृत्व दिन नसक्ने अवस्था रहे । विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने देखाउने प्रवृत्ति...,” उनले भने ।

प्रतिक्रियावादी शक्तिले अन्तरविरोध पैदा गरेर ‘टुक्याऊ र राज गर’ भन्ने नीति हुने गरेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro