site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताको भरोसालाई टुट्न दिँदैनौँ : प्रचण्ड
फाइल तस्बिर ।

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताका बीचमा लैजान र उनीहरूका भावनालाई समेट्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

जनता र परिवर्तनका पक्षमा लड्ने पार्टी माओवादी केन्द्र भएको उनले उल्लेख गरे । उनले देशमा सुशासनका निम्ति अब समाजवादी नयाँ आन्दोलन गरिने बताए ।

“माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका छन् । सुशासनको अभियान, सामाजिक न्याय, देश, उत्पीडित वर्ग, समुदायको हित, राष्ट्रको स्वाधीनता, संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन आवश्यक छ । यसमा सबै लाग्नुहोला,” उनले भने ।

अध्यक्ष प्रचण्डले राष्ट्रको हितलाई सर्वोपरि राखेर छिमेकी देश भारत र चीन तथा अरू मुलुकहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । रासस
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro