site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले ‘जनतासँग जसपा नेपाल – संगठन निर्माण अभियान’लाई आउँदो माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकबाट संगठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरिएको हो ।

शुक्रबार सुरु उक्त बैठक शनिबार सकिएको छ । स्थानीय तह उपनिर्वाचनमा मधेस प्रदेशसहित जसपा नेपालले देशभरिबाट प्राप्त गरेको मत सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले संगठन निर्माण एवं विस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष बैठकबाट निकालिएको छ ।

यस्तै, महाधिवेशनपछि थपिएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आउँदो फागुन १५ गतेभित्र अद्यावधि गर्ने निर्णय गरिएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जानकारी गराएको छ ।

जसपा नेपालले पार्टीका स्थानीय तह र प्रदेश अधिवेशन चैत महिनाभित्र सकाउने समेत निर्णय गरेको छ ।

आउँदो वैशाख २५ गतेभित्र पार्टीका सबै प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ । तोकिएको समयभित्र अधिवेशन गर्न नसक्ने भ्रातृसंगठन स्वतः विघटन हुने समेत निर्णय गरिएको यादवको सचिवालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro