site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरविरुद्ध चितवनका कप्तान कुशलले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितनव राइनोजका कप्तान कुशल मल्लले अर्धशतक बनाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको चितवनबाट कप्तान मल्लले २८ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले दुई चौका र पाँच छक्का प्रहार गरे । एनपीएलमा कुशलको यो पहिलो अर्धशतक हो । योसँगै कुशल प्रतियोगिताम अर्धशतक बनाउने १९औँ ब्याटर बने ।

जारी खेलको १५.२ ओभर समाप्त हुँदा चितवनले तीन विकेट गुमाएर १२७ रन बनाएको छ । हाल क्रिजमा कप्तान मल्लसँगै रहेका रवि बोपाराले २२ रन बनाएका छन् ।

आजको खेलमा चितवन जितको दबाबमा छ । ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चितवनलाई आजको खेलमा जितले मात्र प्लेअफ समीकरणमा कायम राख्नेछ । 

यता, जनकपुर भने सहज स्थितिमा छ । तालिकाको शीर्ष स्थानमा आसिन जनकपुरले प्लेअफमा स्थान सुनिश्चित गरिसकेको छ । जनकपुरले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । 

यसअघि आजैको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro