site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माण व्यवसायी महासंघका अध्यक्ष भन्छन्– आश्वासनमात्रै पायौँ, अझै पाएनौँ भुक्तानी
फाइल तस्बिर ।

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीले भुक्तानीका लागि कुनै समस्या नहुने बताए पनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताए ।

“हामीले हाम्रो समस्याबारे मन्त्रालयलदेखि अन्य सरकारी निकायहरूमा भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि हाम्रो भुक्तानी भएको छैन । यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ,” अध्यक्ष सिंहले भने ।

निर्माण व्यवसायीले समयमा नै कर्जा तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्न अहसज भएको उनको भनाइ छ । उनले सरकारी नीतिका कारण मंसिरपछि ९० प्रतिशत व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।

उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिट्यान्समार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तिरक अर्थतन्त्र चलायमान हुन नसकेको पनि बताए । उनले राष्ट्र बैंकको मौद्रिक नीतिले पनि मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro