site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङबाट थालियो चलचित्र ‘कर्मा’को छायांकन

काठमाडौं । चलचित्र ‘कर्मा’को छायांकन सुरु भएको छ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्रको शुभ मुहूर्तसँगै शुक्रबारदेखि दाङको घोराहीबाट छायांकन थालिएको हो ।

एक्सन विधाको चलचित्र ‘कर्मा’को छायांकन ४० दिन दाङमा र ६ दिन रुकुममा हुने निर्माण टिमले जनाएको छ ।

चलचित्रको मुख्य भूमिकामा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवलगायत कलाकार छन् । चलचित्रमा उपासना विपीनको जोडीको रूपमा देखिने छिन् । मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने छन् ।

चलचित्रको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । चलचित्र आगामी चैत २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro