site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
झन्डै १८ घण्टा हिरासतमा बसेर रिहा भए अल्लु अर्जुन

काठमाडौं । अभिनेता अल्लु अर्जुन रिहा भएका छन् । पुष्पा–२ का अभिनेतासमेत रहेका उनी शनिबार बिहान ७ बजेतिर चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएको भारतीय सञ्जारमाध्यमले जनाएका छन् ।

उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे ।

Dabur Nepal
NIC Asia

अल्लुलाई प्रहरीले शुक्रबार मध्याह्न सवा १२ बजेतिर पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा हैदरावादमा भएको पुष्पा–२ को प्रिमियरका क्रममा बिनाजानकारी सन्ध्या थिएटरमा पुगेको आरोप छ । जसका कारण त्यहाँ भिड जम्मा भएको र भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको आरोप छ ।

पक्राउपछि उनलाई शुक्रबार ४ बजेतिर स्थानीय अदालतमा पेस गरिएको थियो । त्यसपछि उनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो ।

तर, अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए । साँझ ५ बजेतिर उनलाई ५० हजार भारुमा धरौटीमा छाड्न आदेश भएको थियो ।

अल्लुलाई शुक्रबार राति नै रिहा गर्ने अपेक्षा गरिएको थियो । तर, अदालतको आदेशको प्रतिलिपि नपाएको कारण देखाएर जेल प्रशासनले रिहा नगर्न अस्वीकार गरेको थियो ।

इन्डियन एक्सप्रेसबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro