राजनीति
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् सेवाको प्रभावकारिताबारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा १८औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले २३ वर्षअघि गठन गरिएको संसद् सेवाको लक्ष्यमा पुग्नसक्यौँ कि सकेनौँ भनेर समीक्षा गर्नुपर्ने बेला भएको बताए ।
संसद्को आवश्यकताअनुसार संसद् सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिए । उनले संविधानमा राज्यका तीन वटै अंगहरूको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रूपमा प्रयोग भए/नभएको समीक्षा गर्न जरुरी रहेको समेत बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १७:५१
प्रतिक्रिया दिनुहोस्