site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको जलसम्पदा कुनै एक मुलुकको स्वार्थपूर्तिका लागि मात्र प्रयोग हुनु गलत : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जलस्राेतको विषयमा पर्याप्त राष्ट्रिय बहस नहुनु र साझा धारणा बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आज शुक्रबार साे पार्टीद्वारा आयोजित 'नेपालमा जलस्राेतको चुनौती र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कुनै एउटा मुलुकको स्वार्थपूर्तिका लागि मात्र नेपालको जलसम्पदा प्रयोग हुने विषय प्रधान हुन नसक्ने बताए । 

पूर्वऊर्जामन्त्री समेत रहेका थापाले दीर्घकालीन नीति तर्जुमा गर्न राज्य असफल भएकोमा चिन्ता व्यक्त गरे । जलसम्पदाको समुचित सदुपयोग गर्नका लागि नीति बन्न नसक्नु, सिँचाइको क्षेत्रलाई ओझेलमा पारिनु, राजनीतिक दलहरूमा यति धेरै महत्त्वपूर्ण इस्युमा बहसको न्यूनता रहनु, राष्ट्रिय हित र स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्ने साहसिक र भिजनरी नेतृत्वको अभाव रहनुले पनि जलस्राेत क्षेत्रमा समस्या रहेको चर्चा गरे । 

कार्यक्रममा जलस्राेत विज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उपाध्यायले राजनीतीकरणको चपेटा र कमिसनको खेलले नेपालको जलस्राेत क्षेत्र तहसनहस भएको बताए । 

विदेशीको स्वार्थकेन्द्रित भएर नेपालका दलहरू सक्रिय हुनु मुलुकको स्वाभिमान र स्वाधीनताका लागि हितकर नभएको उनले चर्चा गरे । कार्यक्रममा पूर्वसचिव, विज्ञ, सञ्चारकर्मी र सरोकारवालाले उक्त कार्यपत्रमाथि टिप्पणीसहित आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro