site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केजरीवालविरुद्ध चुनाव लड्दै सन्दीप दीक्षित 
सन्दीप दीक्षित (बायाँ) र अरविन्द केजरीवाल ।

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेस पार्टीले आउँदो दिल्ली विधानसभा निर्वाचनका निम्ति उमेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा सन्दीप दीक्षितको नाम पनि समावेश छ । उनलाई नयाँ दिल्ली विधानसभा सिटको टिकट दिइएको छ ।

टिकट पाएलगत्तै सन्दीप दीक्षितले भनेका छन्, “म अरविन्द केजरीवालको विरुद्धमा चुनाव लडिरहेकोले उहाँलाई प्रश्न गर्नु स्वाभाविक हो र उहाँलाई जवाफदेही बनाउनु । अरविन्द केजरीवालमा मेरो प्रश्नको सामना गर्ने हिम्मत छैन ।”

Dabur Nepal
NIC Asia

सन्दीपले कांग्रेसबिना दिल्लीको अर्को सरकार बन्न नसक्ने जिकिर गरेका छन् ।

दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नयाँ दिल्लीबाट वर्तमान विधायक हुन् । केजरीवालले यो सिट शीला दीक्षितबाट खोसेका थिए । शीला मुख्यमन्त्री हुँदा केजरीवालसँग चुनाव हारेकी थिइन् ।

सन्दीप लोकसभा सांसद पनि भइसकेका छन् । उनी शीला दीक्षितका छोरा हुन् । उनी आम आदमी पार्टी र कांग्रेसबीचको गठबन्धनका विरोधी पनि हुन् । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro