site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वविद्यालयका भीसीहरूलाई मेरिटोक्रेसी तोड्न सरकारले निकै ठूलो दबाब दिइरहेको छ : प्रचण्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाँडो भएको बताएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–८, विधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

"मैले शिक्षाको सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाए , त्यति मात्रै होइन राजनीतिक भागबन्डा गरेर विश्वविद्यालयहरूमा भीसी, रेक्टर, रजिस्टार, डिनहरू नियुक्ति गर्दा विश्वविद्यालयको गुणस्तर पूरै खस्कियो । विद्यार्थीहरू देश छोडेर विदेश पलायन भए । विश्वविद्यालयहरूमा तालाबन्दी, नाराबाजी, अराजकताको स्थिति आइरह्यो," प्रचण्डले भने "त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनुपर्छ भनेर मेरिटोक्रेसीका आधारमा भीसी, रेक्टर, रजिस्टार र डिनहरू नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए । अहिलेको सरकारलाई त्यो घाँडो भएको छ ।"

शिक्षामा भागबन्डा गरेर विश्वविध्यालयहरूमा भीसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विद्यार्थी पलायन हुने स्थिति भएको बताउँदै उक्त कुरा रोक्न आफूले शिक्षा क्षेत्रको सुधार गर्न गरेको पहललाई अहिले उल्टाउने खेल भैराखेको उनले बताए ।

सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको बताउँदै उनले थपे, "विश्वविद्यालयमा मैले सुरुआत गरेको मेरिटोक्रेसीले राम्रो असर र प्रभाव देखाउन थाल्यो तर अहिलेको सरकारलाई राम्रो चाहिएको छैन । आफ्नो चाहिएको छ । अहिले विश्वविद्यालयका भीसीहरूलाई मेरिटोक्रेसी तोड्न सरकारले निकै ठूलो दबाब दिइरहेको छ । अहिलेको सरकारलाई जहाँ राम्रो छ त्यहाँ प्रहार गर्नुपरेको छ । राम्रो मान्छे चाइएन उनीहरूलाई आफ्नो मान्छे चाहियो ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro