site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’
फाइल तस्बिर ।

न्युयोर्क । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताएका छन् ।

तथापि, किएभलाई अमेरिकी समर्थन युद्धलाई अन्त्य गर्ने प्रयासमा प्रमुख लाभ हुने भएकाले ट्रम्पले युक्रेनलाई नत्याग्ने बताए ।

Dabur Nepal
NIC Asia

वासिङ्टनले युक्रेनलाई रुसको भित्री भागसम्म प्रवेश गर्नसक्ने आफ्नो लामो दुरीको एटीएसीएमएस मिसाइलहरू आपूर्ति गरेको छ । यसले मस्कोबाट क्रोधपूर्ण प्रतिक्रिया ल्याएको छ र उसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ ।

“म रूसमा सयौँ माइल मिसाइलहरू पठाउने कुरामा धेरै दृढतापूर्वक असहमत छु । हामी किन यसो गर्दैछौँ ?,” टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उनले भने । म्यागाजिनले बिहीबार उनलाई ‘पर्सन अफ द इयर’ का रूपमा सम्मानित गरेको थियो ।

सार्वजनिक रूपमा उपलब्ध तथ्यांकअनुसार एटीएसीएमएस मिसाइलको अधिकतम दूरी १९० माइल (३०० किलोमिटर) छ ।

यो अन्तर्वार्ता ‘थ्याङ्क्सगिभिङ’ र नोट्रे डेम क्याथेड्रल पुनः खुल्ने अवसरमा फ्रान्सका राष्ट्रपतिको मध्यस्थतामा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पको ‘हाइ–प्रोफाइल’ बैठक हुनुभन्दा अघि भएको थियो । “हामी यो युद्धलाई बढाइरहेका छौँ र यसलाई अझ खराब बनाउँदैछौँ,” उनले भने ।

युक्रेनलाई आफ्नो समर्थनमा जोड दिँदै ट्रम्पले युद्धलाई अन्त्य गर्न वासिङ्टनको समर्थनलाई लाभको रूपमा प्रयोग गर्ने बताए । उनी किएभलाई समर्थन गर्ने लागतमा प्रश्न उठाउँदै उदासीन रहेका थिए । “म सहमति प्राप्त गर्न चाहन्छु र सहमति प्राप्त गर्ने एकमात्र तरिका त्याग्नु होइन,” उनले भने ।

किएभको दृष्टिकोणप्रति ट्रम्पको स्पष्ट आलोचनातिर ध्यान आकर्षित गर्दै रुसी समाचार एजेन्सीहरूले उनको टिप्पणीमा फड्को लगाएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro