site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावरप्लेमा जनकपुरविरुद्ध काठमाडौंको खराब सुरुआत
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पावरप्लेमा खराब सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३५ रन बनाएको छ । 

काठमाडौंबाट हाल क्रिजमा रहेका स्टेफन एस्किनाजी १७ रन र गेरहार्ड इरास्मस शून्यमा खेलिरहेका छन् । त्यसअघि, काठमाडौंले ओपनर माइकल लेभिटलाई आठ र भीम सार्कीलाई चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

Dabur Nepal
NIC Asia

जनकपुर पाँचौँ जितको लक्ष्यमा छ । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेट, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेट र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको थियो ।

काठमाडौं भने आज तेस्रो जितको खोजीमा छ । काठमाडौंले यसअघिका चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको छ । काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध पाँच विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा कर्णालीविरुद्ध तीन विकेटले पराजित भएको काठमाडौंले चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पुनः ७३ रनको हार व्यहोरेको थियो । चौथो खेलमा काठमाडौंले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro