site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको अमेरिका शाखा गठन, संयोजकमा शेर्पा 

काठमाडौं । नेपाल पत्रकार महासंघले अमेरिकामा आफ्नो शाखा गठन गरेको छ । महासंघको विधानअनुसार देश बाहिर पनि शाखा विस्तार गर्दै जाने क्रममा अमेरिकामा शाखा गठन गरिएको महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिइन् । 

अधिकारीका अनुसार शाखाको तदर्थ समितिको संयोजकमा हाल अमेरिकामै रहेका महासंघका पूर्वकेन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई चयन गरिएको छ । शेर्पालाई संयोजकको रुपमा तीन महिनाभित्र महासंघको सदस्यता वितरण गरेर अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ । 

शेर्पा दुई दशकदेखि अमेरिकामा बस्दै आएका छन् । नेपालमा रहँदा कान्तिपुर दैनिकमा आवद्ध रहेका उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दक्षिण एशियाकै पहिलो पत्रकार पनि हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro