site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा आज बुधबार टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।

टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । 

उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नंं को टिपरमा स्थानीयले क्षति पुर्‍याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पुर्‍याएका थिए । 

पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro