site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको स्थायी कमिटीमा १७ जना थपिने, राजेन्द्र राईले राखे फरक मत
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा सदस्य विस्तार गरिने भएको छ । बुधबार आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशनअघि सोही कमिटीमा रहेका १७ नेतालाई थप गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उक्त निर्णय भए पनि औपचारिक रूपमा सार्वजनिक भने भएको छैन । निर्णयप्रति उपमहासचिव राजेन्द्र राईले फरक मत राखेका छन् । यसअघि स्थायी कमिटीमा पदाधिकारी मात्रै रहने निर्णय भएको थियो । विधानविपरीत सदस्य विस्तार गर्न नहुने भन्दै राईले फरक मत राखेका हुन् ।

“महाधिवेशनबाट पारित भएको विधानमा पोलिट्ब्युरोको एकतिहाइ स्थायी कमिटी रहने भनिएको छ । पोलिट्ब्युरो १०८ जनाको छ । स्थायी कमिटीमा १७ जना थप्दा ४१ जनाको हुन जान्छ । त्यो पोलिट्ब्युरोको एकतिहाइभन्दा बढी हो । विधानसंवत् हुँदैन,” राईले बैठकमा भने ।

उनले विधान नै नआई कतिजना थप्ने ? भन्दै प्रश्न गरेको स्रोतले जानकारी दिएको छ । राईले स्थायी कमिटी, पोलिट्ब्युरोमा सदस्य थप गर्न केन्द्रीय समितिले मात्रै सक्ने विषय उठाए । “पोलिट्ब्युरो र स्थायी कमिटी केन्द्रीय कमिटीले नै गर्न सक्छ । स्थायी कमिटीले स्थायी कमिटीमा कसरी थप गर्न सक्छ ?,” राईको प्रश्न थियो ।

राईले स्थायी कमिटीमा सदस्य थप गर्दा तुलबहादुर गुरुङ लगायतका नेताहरूको नाम छुटाउन नहुने समेत धारणा राखेको स्रोतले जनाएको छ । स्थायी कमिटीमा थप गरिएका १७ नेतासहितको बैठक शुक्रबार बस्ने तयारी भएको छ ।

“आज निर्णय सार्वजनिक नगर्ने, शुक्रबार थपिएका नेताहरूसहितको बैठक बस्ने निर्णय गरिएको छ,” एक पदाधिकारीले भने ।

स्थायी कमिटीको बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । तर, आजको बैठकमा कार्यविभाजनको ड्राफ्ट पनि नबाँडिएको र थपिएका नेताहरूसहितको बैठकबाट नै निर्णय गर्ने जनाइएको छ ।

गत असारमा राष्ट्रिय महाधिवेशन गरेको पार्टीले हालसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । नेताहरूले दाबी नछाड्दा जिम्मेवारी दिन सकस भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro