site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियनपे इन्टरनेसनल)का काडरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलमा उपलब्ध हुनेछ ।

यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पु‍¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro