site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंसँग हारेसँगै प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ । काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी एनपीएल–२०२४ को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।

प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो । काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।

काठमाडौंविरुद्ध लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । 

उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १९ रन थपे । सूर्य तामाङले अविजित रन जोडे । लुम्बिनीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आठ रनमा पभेलियन फर्किए । यस्तै, ओपनर आशुतोष घिरैया चार, अर्जुन साउद तीन, टम मुरेस ६ र विवेक यादव दुई रनमा पभेलियन फर्किए । 

लुम्बिनीका साद बिन जफर ‘गोल्डेन डक’ भए । रेमोन सिमोन्ड्स ‘डक’ भए ।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेको करणले १६ रनमात्र खर्चिए । दीपेश कँडेलले तीन विकेट लिए । निकै इकोनोमिक स्पेलमा दिपेशले चार ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिए । गेरहार्ड इरास्मसको नाममा दुई विकेट रह्यो । राशिद खानले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल खडा गरेको थियो । 

काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ४० बलमा एक चौका प्रहार गरे । डान डाउथवेटले २४ बलमा दुई छक्कासहित २१ थपे । प्रतीक श्रेष्ठले १४ बलमा दुई छक्कासहित २० र स्टेफन एस्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन जोडे ।

यसबाहेक, काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंविरुद्ध लुम्बिनीका साद बिन जफरले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जफरले २१ रन खर्चिए । रेमोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवको नाममा समान एक विकेट रह्यो । 

जितसँगै चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । काठमाडौंले चार खेलबाट चार अंक जोडेको छ ।

प्रतियोगितामा छैटौँ खेल खेलेको लुम्बिनीको यो पाँचौँ हार हो । लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो । पाँचौँ खेलमा भने लुम्बिनीले चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro