site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज‌ंगली हात्तीको आक्रमणबाट वन हेरालु गम्भीर घाइते
सांकेतिक तस्बिर ।
Tiktok banner adTiktok banner ad

कञ्चनपुर । जंगली हात्तीले आक्रमण गर्दा आज साँझ पुनर्वास नगरपालिका– १० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएकी छन् ।

साँझ ४ बजे मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला वनहेराला विष्टमाथि हात्तीले आक्रमण गरेको हो । झाडीबाट निस्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । उनका अनुसार घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आईसीयू)मा उपचार भइरहेको छ ।

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०–२५ को संख्यामा रहेका छन् । जंगली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख यादवले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro