site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाश र परीक्षाको चलचित्र ‘सोल्टिनी’ घोषणा

काठमाडौं । निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको अनाउन्समेन्ट भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

भिडियोमा साइग्रेस पोखरेलले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलमअगाडि बढाउनै पर्छ । कि त पैताला जलाउनै पर्छ ।” चलचित्रले समाजमा विद्यमान जातीय विभेदलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने संकेत गरेको छ ।

चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपूतले ‘भीमसेन पोखरेल’को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।”

अभिनेत्री लिम्बूले ‘दिलासा राई’को भूमिका निभाउँदै भनेकी छन्, “सोल्टी, म तपाईंलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।”

चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

चलचित्र पुस १५ बाट छायांकनमा जानेछ । चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro