site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल प्रिमियर लिग : यी हुन् हालसम्मका शतक र अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेलकुद क्षेत्रकै सबैभन्दा चर्चित खेल इभेन्ट बनेको छ । यही मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १५ खेल समाप्त भइसकेको छ । यसक्रममा कुल १५ अर्धशतक र एक शतक बनेको छ । १४ ब्याटरले अर्धशतक र एकले शतक बनाएका छन् ।

आउँदो पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार कुनै खेल छैन । हालसम्म अपराजित जनकपुर चार खेलबाट आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पुछारमा रहेको लुम्बिनी जितविहीन छ । चार खेल खेल्दा पनि लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।

शतक र अर्धशतक बनाउने खेलाडी

Dabur Nepal
NIC Asia

आन्द्रियस गौस (पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स)
एनपीएलमा पहिलो शतक बनाउने ब्याटर हुन्, पोखरा एभेन्जर्सका आन्द्रियस गौस । गौसले लुम्बिनी लायन्सविरुद्ध १७१ रनको लक्ष्य पछ्याउने क्रममा पोखराबाट ५४ बलमा १०० रन बनाएका थिए ।

पोखराको जितमा अविजित इनिङ खेलेका गौसले ५५ बलमा १२ चौका र पाँच छक्कासहित १०४ रन बनाएका थिए । गौसकै शतकमा पोखराले लुम्बिनीविरुद्ध १० विकेटको सानदार जित निकालेको थियो । एनपीएलमा विकेटका आधारमा कुनै पनि टिमले निकालेको यो हालसम्मकै ठूलो जित हो ।

मार्टिन गप्टिल (विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्स)
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका थिए । गप्टिल प्रतियोगितामा अर्धशतक बनाउने पहिलो ब्याटर समेत बने । उनले जनकपुरविरुद्ध ४३ बलमा सात चौका र एक छक्कासहित ५५ रनको इनिङ खेलेका थिए ।

लहिरु मिलान्था (जनकपुर बोल्ट्सविरुद्ध विराटनगर)
प्रतियोगिताको उद्घाटन खेलमै विराटनगरविरुद्ध पनि जनकपुरका ब्याटर लहिरु मिलान्थाले अर्धशतक बनाएका थिए । जनकपुरले आठ विकेटको सहज जित निकाल्दा मिलान्थाले अविजित ७५ रन बनाएका थिए । यसक्रममा उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्का प्रहार गरे ।

अनिल साह (जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स)
प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यस जितमा जनकपुरका कप्तान समेत रहेका अनिल साहले अर्धशतकीय इनिङ खेले । कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले अविजित ६२ रन बनाए । उनले यसक्रममा ४२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्स)
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर हुन् । उनले विराटनगरविरुद्ध अविजित ५७ रन बनाएका थिए । खेलमा सुदूरपश्चिमले ९० रनको सहज जित निकाल्दा दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै २४ बलमा तीन चौका र पाँच छक्कासहित ५७ रन जोडे । 

रवि बोपारा (चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स) 
चितवन राइनोजका मध्यक्रम ब्याटर रवि बोपाराले प्रतियोगिताको पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका थिए । पोखराविरुद्ध चितवनले १६१ रनको योगफल खडा गर्दा उनले ५१ रन बनाएका थिए । रविले यसक्रममा ३८ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे ।

शिखर धवन (कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज)
एनपीएलमा अर्धशतक बनाउने पाँचौँ ब्याटर बनेका शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । कर्णालीका ओपनर ब्याटर धवनले ५१ बल खेल्दै चार चौका र पाँच छक्का प्रहार गरेका थिए । धवनको अर्धशतकमा काठमाडौंविरुद्ध कर्णालीले १४९ रनको योगफल खडा गरेको थियो ।

तर, दोस्रो इनिङमा ब्याटिङका निम्ति ओर्लिएको काठमाडौंले उक्त लक्ष्य १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । कर्णालीबाट चार खेल खेल्दै स्वदेश फर्किइसकेका धवनको प्रतियोगितामा यो ए कमात्र अर्धशतक हो ।

ब्रान्डन म्याकमुलम (सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गुर्खाज)
सुदूरपश्चिमबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति ओर्लिएका ब्रान्डन म्याकमुलमले काठमाडौंविरुद्ध ५४ रन बनाएका थिए । यसक्रममा म्याकमुलमले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

रवि बोपारा (चितवन राइनोजविरुद्ध कर्णाली याक्स)
एनपीएलमा दुई अर्धशतक बनाउने पहिलो ब्याटर बनेका रवि बोपाराले प्रतियोगिताको १०औँ खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । बोपाराले कर्णालीविरुद्ध अविजित ५९ रन बनाएका थिए । यसक्रममा उनले ४० बलमा सात चौका र एक छक्का प्रहार गरे ।

रोहितकुमार पौडेल (लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स)
प्रतियोगिताको ११औँ खेलमा पोखराविरुद्ध शतकबाट पाँच रनले चुकेका लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले ९५ रन बनाएका थिए । यसक्रममा उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे । रोहितको अर्धशतकमा लुम्बिनीले पोखराविरुद्ध १७० रनको योगफल खडा गरेको थियो । तर, पोखराले यो लक्ष्य १६.५ ओभरमा विकेट नगुमाई भेट्टाएको थियो ।

दिनेश खरेल (पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स)
लुम्बिनीविरुद्ध १० विकेटको जित निकाल्दा पोखराका ओपनर गौसले शतक बनाए । अर्का ओपनर दिनेश खरेलले पनि अर्धशतकीय इनिङ खेलेका थिए । खरेलले लुम्बिनीविरुद्ध अविजित ६१ रन बनाए । ४६ बल खेलेका दिनेशले चार चौका र चार छक्का प्रहार गरे ।

सैब जैब (सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्स)
प्रतियोगिताको १२औँ खेलमा सुदूरपश्चिमका ओनपर ब्याटर सैब जैबले लुम्बिनीरिुद्ध ९० रन बनाएका थिए । शतकबाट १० रनले चुकेका जैबले ६१ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । 

विवेक यादव (लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिमविरुद्ध १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका अलराउन्डर विवेकले ७७ रन बनाएका थिए । यसक्रममा विवेकले ५४ बलमा तीन चौका र सात छक्का प्रहार गरे । प्रतियोगितामा हालसम्म विवेक एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याटर समेत हुन् । विवेकको अर्धशतकका बाबजुद लुम्बिनी ४५ रनले पराजित भएको थियो ।

विलियम बोसिस्टो (कर्णाली याक्सविरुद्ध विराटनगर किंग्स)
प्रतियोगिताको १३औँ खेलमा विराटनगविरुद्ध कर्णालीले १३३ रनको योगफल बनाउँदा मध्यक्रम ब्याटर विलियम बोसिस्टोे ६६ रन बनाएका थिए । उनले ४९ बल खेल्दा पाँच चौका र तीन छक्का प्रहार गरे ।

देव खनाल (कर्णाली याक्सविरुद्ध विराटनगर किंग्स)
विराटनगरविरुद्धको उक्त खेलमा विलियम बोसिस्टोसँगै कर्णालीका ओपनर देव खनालले पनि अर्धशतक बनाएका थिए । विराटनगरविरुद्ध देवले ५३ रन बनाएका थिए । यसक्रममा देवले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

हसन एसाखिल (चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्स)
प्रतियोगिताको १५औँ खेलमा चितवनका ओपनर हसन एसाखिलले सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाए । योसँगै हसन एनपीएलमा अर्धशतक बनाउने १४औँ ब्याटर बने । उनले सुदूरपश्चिविरुद्ध ६५ रन बनाएका थिए । यसक्रममा एसाखिलले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro