site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजी इलेक्ट्रोनिक्सले ल्यायो एनपीएलको टिकट जित्न सकिने अफर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट जित्न सकिने अफर ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकले लक्की ड्रमार्फत टिकट जित्न सक्ने कम्पनीले जनाएको छ ।

टिकट जितेर कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाउने कम्पनीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू छन् ।

यी ब्रान्डका ठूला घरेलु उपकरण टीभी, वासिङ मेसिन, फ्रिज, एयर कण्डिसनर आदिका साथै साना घरेलु उपकरणहरू जस्तै एयर फ्रायर, हीटर, गिजर, भ्याकुम क्लिनर, प्रेसर कुकर, आयरन, कफी मेकरलगायत बजारमा उपलब्ध छन् ।

यो अफरले घरायसी उपकरण आवश्यक परेका ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro