site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
डोटीको बडीकेदार गाउँपालिकामा हिउँदे वर्षासँगै भएको हिमपातको दृश्य । तस्बिर : चक्र मल्ल/रासस ।

बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीका ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायत उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । बैतडीसँगै डडेलधुरा, डोटीलगायत पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्याला मजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

वर्षा र हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेका बेला वर्षा र हिमपातले बालीनाली सप्रने भएकाले खुसियाली छाएको हो । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro