site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पले सिरियाको अवस्था र रुस–युक्रेन युद्धबारे के भने ?

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडिसक्दा पनि रुसले कुनै चासो नदेखाएको बताएका छन् ।

“असाद गइसकेका छन् । उनले आफ्नो देश छोडेका छन् । पुटिनको नेतृत्वमा रहेको रुसले उनीहरूलाई बचाउन चासो देखाएको छैन । त्यहाँ (सिरिया)रुसको उपस्थितिको कुनै कारण थिएन ।”

ट्रम्पका अनुसार, युक्रेन युद्धका कारण रुसले सिरियामा आफ्नो चासो गुमाएको छ । युक्रेनसँगको युद्धमा ६ लाख रुसी सैनिक मारिएको दाबी उनले गरेका छन् । रुस र इरान अहिले कमजोर देश बनेको भनाइ ट्रम्पको छ ।

ट्रम्पका अनुसार, युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की युद्ध रोक्न रुससँग सम्झौता गर्न चाहन्छन् । किनभने युक्रेनका चार लाख सैनिक र धेरै नागरिक मारिएका छन् ।

“रुस र युक्रेनबीच तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । म भ्लादिमिर पुटिनलाई राम्ररी चिन्छु । यो उनले केही गर्ने समय हो । चीनले पनि उनलाई मद्दत गर्न सक्छ,” ट्रम्पले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro