राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक मंगलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ २२:११
प्रतिक्रिया दिनुहोस्