site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा–२’ बन्यो नेपालमा पहिलो दिन सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र ?

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२ : द रुल’ नेपालमा हालसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । 

बिहीबारबाट रिलिज भएको यो चलचित्रले नेपालमा पहिलो दिन चार करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । “पहिलो दिनको कलेक्सन चार करोडभन्दा माथि रहेको छ,” पुष्पा–२ वितरक स्रोतले बाह्रखरीसँग भन्यो, “अहिलेसम्मको ग्रसकलेक्सनको सबै रेकर्ड तोडेको छ ।” 

हलले थ्रि–डी टिकटको पैसा फिर्ता गर्नु परेकाले वितरक आइतबार मात्रै औपचारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छन् । 

‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन गरेको तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । ‘पुष्पा–२’ले यो रेकर्ड तोडेको स्रोतको दाबी छ । 

‘पुष्पा–२’ले पहिलो दिन देशभर ५०७ शो पाएको थियो । 

यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ले देशभरका ८१ वटा हलमा ३८९ शो पाएको थियो ।

‘पुष्पा–२’ले भारतमा रेकर्ड ब्रेकिङ कलेक्सन गरेको छ । भारतमा हिन्दी डबमा मात्रै ‘पुष्पा–२’ले ७२ करोड ग्रसकलेक्सन गरेको छ । यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो । 

चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । 

चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro