site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाम्रो लडाइँ टुंगिएको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रान्तिकारीहरूको लडाइँ अझै नटुंगिएको बताएका छन् । 

बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान–२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरू नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे ।

आफूहरू अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए । उनले सबै कम्युनिस्टहरू एक हुनुपर्ने आवश्यकता औंल्याए । देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने प्रचण्डको टिप्पणी थियो । 

उनले भने, "हाम्रो लडाइँ टुंगिएको छैन, हाम्रो लडाइँ जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरू नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरू सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको विरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । म तमाम कमान्डर कमरेडहरूलाई, डेपुटी कमान्डरदेखि अन्य कमान्डरहरूलाई विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । हामी फेरि एकचोटि प्रतिक्रियावादी र बुर्जुवाहरू सत्तामा छन्, हामी क्रान्तिकारीहरू प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।"

उनले क्रान्तिकारीहरूले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाइँ लड्नुपर्ने आवश्यकता देखिएको बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro