site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव
तस्बिर : रोयटर्स ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ । विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव बुधबार पेस गरेका हुन् ।

मंगलबार राति ‘मार्सल ल’ लगाउने युनको प्रयास असफल भएको थियो । त्यसपछि विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका हुन् ।

दक्षिण कोरियाका सामाजिक अभियन्ताले राष्ट्रपति युनको राजीनामाको माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी पनि गरिरहेका छन् ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो सहर बुसानमा विपक्षी दलका कार्यकर्ताले हरेक दिन विरोध र्‍याली गर्ने योजना बनाएका छन् ।

यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ ।

मंगलबार साँझ युनले देशमा मार्सल लको घोषणा गरेका थिए । राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनले बताएका थिए । तर, बुधबार बिहान उनले मार्सल ल लगाउने आदेश फिर्ता लिएका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro