site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारमा दोषी ठहर पूर्वआईजीपी राणाको पेन्सन नरोक्न सर्वोच्चको अन्तरिम आदेश  

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वआईजीपी ओमविक्रम राणाको पेन्सन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. कुमार चुडाल र अब्दुल अजिज मुसलमानको इजलासले सोमबार (हिजो) अन्तरिम आदेश जारी गरेको हो ।

प्रहरीको सुडान मिसन घोटाला प्रकरणमा राणा विशेष अदालतबाट दोषी ठहर भएका थिए । सर्वोच्चले पनि दोषी ठहर गरेपछि उनी जेल सजाय काटेर छुटिसकेका छन् ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेपछि उनको पेन्सन रोकिएको थियो । पेन्सन रोकिएपछि राणाले अख्तियार र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनएर गएको साउन १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश विनोद शर्माको इजलासले साउन १८ मा कारण देखाऊ आदेश र अन्तरिम आदेश छलफलका निम्ति दुवै पक्ष झिकाउने आदेश गरेको थियो ।

त्यसयता रिट १० पटक ‘हेर्न नभ्याइने’मा परेको थियो । १३औँ पेसीमा अख्तियार र निवृत्तिभरण कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो ।

भ्रष्टाचारी ठहर हुँदा राणाले सेवाबाट अवकाश पाइसकेका थिए । भ्रष्टाचार निवारण ऐनमा सेवा निवृत्तको हकमा भ्रष्टाचार प्रमाणित हुँदा पेन्सन नरोकिने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro