देश
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तीव्रताका साथ अघि बढाएको छ । फुटपाथ विस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको हो ।
प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो । महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरूमा फुटपाथ विस्तार गर्दै आएको छ ।
केही समयअघि महानगरपालिकाले न्युरोडलगायत क्षेत्रमा पनि फुटपाथ विस्तार गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्